लक-डाउन र सीमा बन्द चैत २५ सम्म जारी रहने | थप ८ दिन लकडाउन
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले 'लक-डाउन' र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।
सरकारले यही चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो । अब नयाँ निर्णयअनुसार यो २५ गतेसम्म निरन्तर चल्नेछ ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लक-डाउन अवधि सात दिन थप्नुपर्ने निष्कर्ष निकालेको थियो । आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको लक-डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको थियो ।
Visited 1 times, 1 visit(s) today