चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने |
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ ।
जसअनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।
ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरे पनि थप ब्याज तथा हर्जना लाग्दैन’ शिवाकोटीले भनेका छन् ।
यदि कसैले चैत महिनामा नै तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट पाउने छन् ।
राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनː विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै पुर्नकर्जा कोष ६० अर्बको पुर्याुउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंकले बताएको छ ।