रुसमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु |
मस्को । रुसमा कोरोनाभाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ । रुसी अधिकारीहरुका अनुसार ७९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनी निमोनिया लगायतका अन्य स्वास्थ्य समस्याबाट समेत ग्रसित थिइन् ।
पाँच दिन अघि उनी अस्पतालमा भर्ना भएको बताइएको छ । रुसको राष्ट्रिय कोरोनाभाइरस रेस्पोन्स सेन्टरले जनाएअनुसार सुरुमा ती महिला एउटा निजी क्लिनिकमा पुगेकी थिइन् । त्यहाँबाट विशेष सुविधा भएको अस्पतालमा उनको कोरोना संक्रमण परीक्षण गर्दा ‘पोजेटिभ’ देखिएपछि उनी चिकित्सककै निगरानीमा थिइन् ।
रुसमा हाल कोरोना संक्रमितको संख्या १४७ पुगेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रुसले विदेशी नागरिकको आगमनमा रोक लगाएको छ भने सार्वजनिक स्थलमा भेला तथा समारोह गर्न पनि प्रतिबन्ध लगाएको छ ।
Visited 1 times, 1 visit(s) today