जामुनोको गेडाका फाइदै फाइदा |
अचेल बजारमा आँपका साथै जामुनो पनि विक्री गर्न राखिएको देखिन्छ । गर्मी मौसममा जामुनोे धेरैलाई मन पर्ने फल हो । जामुनोको गेडालाई हामी बेकारको सम्झेर फालिदिन्छौ । तर, यो स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कमैलाई थाहा होला । यसमा यसमा भिटामिन ए तथा सी पाइन्छ, जसले हाम्रो शरीरको पाचन प्रणालीलाई ठीक अवस्थामा राख्छ । जामुनोको गेडा मधुमेहका बिरामीलाई पनि धेरै लाभदायक हुन्छ ।
जामुनोको गेडाको पाउडर बनाउने तरीका
- सबैभन्दा पहिले जामुनोका गेडा सङ्कलन गरेर सफा गर्नुहोस्
- यसलाई सुकाउन घाममा राख्नुहोस्
- सुकिसकेपछि यसको बोक्रा निकालिदिनुहोस्
- गेडालाई पहिले साना साना टुक्रा बनाउनुहोस्
- त्यसपछि यसलाई पिसेर पाउडर बनाई शिशीमा राख्नुहोस्
फाइदा
जामुनोको गेडा स्वास्थ्यका लागि लाभकारी हुन्छ । मधुमेहका बिरामीलाई त यो रामवाण औषधि नै हो । त्यसैले, यदि तपाईं यो रोगबाट पीडित हुनुहुन्छ भने दैनिक बिहान मनतातो पानीसँग जामुनोको गेडाको एक चम्चा पाउडर खाने गर्नुहोस् । यसले निकै फाइदा पु¥याउनेछ । साथै, सामान्य मानिसले प्रयोग गर्दा पनि सुगरको मात्रा नियन्त्रणमा राख्न सघाउ पुग्छ ।
दातका लागि फाइदा
यदि तपाईं गिजा तथा दाँतको समस्याबाट हैरान हुनुहुन्छ भने जामुनोको गेडाको पाउडर मञ्जनको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यसको प्रयोगबाट विभिन्न किसिमका दन्तरोगबाट छुटकारा पाउन सकिनछ ।
बच्चाका लागि लाभकारी
कतिपय साना बच्चाहरूको बेडमा पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी छुटाउन जामुनोको गेडाको पाउडर उपयोगी हुन्छ । त्यसका लागि बच्चालाई जामुनोको आधा चम्चा पाउडर पानीमा घोलेर खुवाउने गर्नुपर्छ ।
महीनावारीमा लाभ
धेरैजसो महिला नियमित महीनावारी नहुने समस्याबाट पीडित हुन्छन् । तर जामुनोको गेडाको पाउडरको सेवनले यस्तो समस्यामा छुटकारा दिलाउँछ । त्यसका लागि यो समस्या भएकाले दैनिक १ चम्चा पाउडर सेवन गर्नुपर्छ ।
शरीरको सेता दाग हटाउन
शरीरमा सेतो दाग आएको मानिसका लागि यो एकदमै लाभप्रद हुन्छ । यदि तपाईंलाई पनि यस्तो समस्या छ र उपचार चाहनुहुन्छ भने जामुनोको गेडाको पेष्ट बनाएर दाग भएको ठाउँमा लगाउनुहोस् । यसको प्रयोगबाट दाग कम हुँदै केही समयपछि पूर्णरूपमा हराउनेछ ।