प्रदेश नम्बर २ को नाम जुरेन, चारवटै प्रस्ताव अस्वीकृत |
काठमाडौं । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको प्रदेश सभाको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् । चार वटा नामका लागि मंगलबार दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई नपुगेपछि मतदान निरर्थक हुन पुगको हो ।
नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो ।
उक्त प्रस्तावका पक्षमा प्रदेशसभाका ४२ जनाले मतदान गरे भने विपक्षमा ६५ मत खसेको छ । प्रदेशको नाम राख्न दुई तिहाई मत चाहिन्छ ।
यसअघि प्रदेशसभामा कांग्रेसले नै प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको थियो । कांग्रेसले राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा ७९ मत खसेको थियो। कांग्रेसबाट प्रदेश २ मा १९ सांसद छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी नाम पनि अस्वीकृत भएको छ । नेकपाका ३२ सांसद प्रदेशसभामा छन् । जानकी नामका पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको हो ।
प्रदेशका सत्तारुढ दल राजपा र समाजवादीले प्रस्ताव गरेको चौथो प्रस्ताव मधेस प्रदेशको प्रस्तावमा ६० मत परेको छ । विपक्षमा ४८ मत खसेको छ । एक मद बदर भयो । यो प्रस्तावमा दुई तिहाई मत पुग्न १२ मत मात्रैै कमि भयो ।
प्रदेशसभामा एक सय सात जना सांसद छन् । प्रदेशसभामा समाजवादीको ३०, राजपाको २५ सांसद छन् ।
Visited 1 times, 1 visit(s) today