ग्यालेक्सी जे८ नेपाली बजारमा, मूल्य साढे ३३ हजार |
काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन भित्र्याएको छ । जे८ स्मार्टफोन सामसुङको इन्फिनिटी सिरिजअन्तर्गतको फोन हो । यसमा ६ इञ्चको सुपर एमोलेड इन्फिनिटी डिस्प्ले तथा अत्याधुनिक प्रविधियुक्त डुअल क्यामरा रहेको छ ।
फोनमा च्याटओभर भिडियोजस्ता प्रभावशाली फिचर उपलब्ध हुनुका साथै भिडियो हेर्दै पनि च्याट गर्न सकिनेछ । नयाँ जे८ फोनलाई युनिबडी तथा ६ इञ्च एचडी प्लस डिस्प्लेले आकर्षक देखिने बनाएको छ । कम्पनीका अनुसार यो फोनमा १६ मेगापिक्सलको रियर सुटरका साथ १.७ अपर्चर तथा ५ मेगापिक्सलका साथ १.९ अपर्चर क्यामरा जडान गरिएको छ ।
३३ हजार ४ सय ९० रुपैयाँ तोकिएको फोन नीलो, कालो तथा ग्लोल्डेन कलरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । एण्ड्रोइड ओरिओ अपरेटिङ सिष्टम तथा ४५० को स्न्यापड्रागन प्रोसेर राखिएको यस फोनमा ३ हजार ५ सय एमएच क्षमताको ब्याट्री रहेको छ । ४ जीबी ¥याम तथा ६४ जीबी रोम उपलब्ध रहेको ग्यालेक्सी जे८को खरीदमा एनसेलको ६ हजार एमबी डाटाप्याकसमेत निःशुल्क रूपमा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।