बेलायतको राजदरवार र अमेरिकाको राष्ट्रपति भवनबाट गरिएका यी दुई चर्चित ‘नमस्ते’ | ट्रम्प र युवराज चार्ल्सले गरे नमस्कार, इजरालयका प्रधानमन्त्रीले पनि नमस्कार
बेलायतको राजदरवार र अमेरिकाको राष्ट्रपति भवनबाट गरिएका यी दुई चर्चित ‘नमस्ते’को दृष्यले संसारलाई पूर्वीय अभिवादन संस्कारतर्फ र्फकन प्रेरित गरेका छन् ।
‘नमस्ते’ अभिवादन शैलीको उद्गमथलो दक्षिण एशियाको नेपाल बाहेक सबै भूभाग कुनैबेला बेलायतको उपनिवेश थिए र पश्चिमा सभ्यताबाट पूर्वीय सभ्यतामाथिको अतिक्रण त्यही युगबाट सुरु भएको थियो । नमस्कारजस्तै धेरै सभ्यताहरु पश्चिमा संंस्कारको छायाँमा परेका थिए ।
बेलायती लगायत पश्चिमी सभ्यता सिकेर हामी नमस्तेको साटो ‘हेल्लो’ भन्दै हात मिलाउने संस्कारमा ‘फ्युजन’ भइसकेका बेला अमेरिकी र बेलायतीहरु एकाएक नमस्ते युगमा फर्किएका छन् । कोरोना संक्रमणको डरले हात नमिलाउने अभियानसँगै नमस्ते अर्थात नमस्कार गर्ने शैली विश्वव्यापीरुपमा स्थापित भएको छ ।
यसबीचमा इजरालयका प्रधानमन्त्रीले पनि नमस्कार गरेको तस्वीर सार्वजनिक भएको थियो । ट्रम्पले हृवाइट हाउसमा आयरल्याण्डका प्रधानमन्त्रीसँग हात नमिलाई नमस्कार गरेपछि यो संस्कार आफूले भारतबाट सिकेको बताएका छन् ।
योसँगै नमस्ते अर्थात नमस्कारको यो प्रश्न भने औचित्यहीन छ । जसरी हिन्दू धर्म वा हिन्दु सभ्यताको विकास हिन्दकुश क्षेत्रबाट भयो त्यसैगरि नमस्ते वा नमस्कार गर्ने सम्भयताको विकास पनि यहि क्षेत्रबाट भयो । जुन हिन्दकुश क्षेत्र आधुनिक राष्ट्रहरु निर्माण हुनुअघि विराट भारतवर्ष थियो । जुनबेला हिन्दुस्तान,नेपाल जस्ता देश बनिसकेका थिएनन् ।