सिटिजन्स बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता |
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनलका ग्राहकहरूले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेण्टरमा उपचार गराउँदा सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै अब सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरूले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेण्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन् । हाल बैंकले ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाइहरूबाट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।