एनआईसी एशिया र युनियन लाइफबीच बैंकास्योरेन्स सम्झौता |
अब बैंकको शाखाबाट बीमा
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । यो सम्झौतापछि बैंकको २ सय ३३ वटै शाखाबाट युनियन लाइफको जीवन बीमा पोलिसी खरीद गर्न सकिने बैंकले जानकारी दिएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । एनआईसी एशिया बैंकको २ सय २२ वटा एटीएम र १४ वटा एक्सटेन्सन काउण्टर छ । त्यस्तैे १५ वटा शाखारहित बैंकिङ इकाइ पनि सञ्चालनमा रहेका छन् ।