ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा, अगष्ट ४मा उपाधी विजेता घोषित हुने |
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोद्वारा प्रमुख प्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगी सिजन–१ कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छ । शुक्रवार, जुलाइ २० मा दर्शक भोटिङका आधारमा अन्तिम ३ प्रतिस्पर्धीका रुपमा कविता नेपाली, प्रगतीपुन र सरोज मोक्तान छनोटमा परेका छन् । अब अगष्ट ४ मा आयोजना हुने फाइनल राउण्डमा आफ्ना उत्कृष्ट नृत्य प्रदर्शनीका साथमा दर्शको मन जित्दै भोट बटुल्न ‘टप थ्री’बिच प्रतिस्पर्धा हुनेछ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपालका यूवा प्रतिभालाई प्रतिभा प्रस्फुटनका लागि नयाँ मञ्च प्रदान गर्दै नेपाललाई सम्भावना बोकेका नयाँ कलाकार पस्कने कार्यमा सफलताले हामीनिकै प्रोत्साहित छौँ । एपीवानसंगको सहकार्य मार्फत अघिल्लो बर्ष नेपाल आयडल र यस बर्ष बुगीवुगी मार्फत सफलतापूर्वक हामीले देशलाई धेरै यूवाकलाकार दिन सफलभएका छौँ ।’, दर्शक माझ कार्यक्रम तथा यसमा सहभागी प्रतिभाकोे बढ्दो लोकप्रियताले हाम्रो उद्देश्यमा हामी सफल भएको हामीले मानेका छौँ ।’ उनले भने ।
आपो बुगीवुगीका विजेताले नगद २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो हुनेलाई ६ लाख रुपैयाँ र तेस्रो हुनेले ४ लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको अन्तिम प्रतिस्पर्धा र विजेताको घोषणा यही अगष्ट ४ मा दर्शकको भोटका आधारमा गरिने छ ।