ओपोद्वारा डुअल रियर क्यामेरा भएको एथ्रीएस सार्वजनिक गर्ने घोषणा |
काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ मिड–रेञ्ज स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सुपर फुल नोच स्क्रिन सहित ६.२ ईञ्च स्क्रिन भएको एथ्रीएस सार्वजनिक गर्न लागेको हो । कम्पनीको मिड–टायर स्मार्टफोन भएतापनि यसमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८.८ प्रतिशत हाई–रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्सपनि समाहित गरिएका छन् । साथै, दैनिक प्रयोगका लागि ब्याट्रीका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
कम्पनीले ओपो एथ्रीएसमा २ जीबी ¥याम र १६ जीबी आन्तरिक (आवश्यकता अनुसार एसडी कार्ड मार्फत थप्न सकिने) सञ्चय क्षमताका साथ सार्वजनिक गरिने लागेको जानकारी दिएको छ । फोनमा कलरओएस ५.१ मा आधारित एण्ड्रोइड ८.१ ओरियो उपलब्ध गरिनेछ । नयाँ स्मार्टफोनमा १३ एमपी + २ एमपी डुअल रियर क्यामेरा सेटअप र सेल्फीका लागि ८ एमपी सेन्सरको ब्यवस्था गरिएको छ । क्वालकम स्न्यापड्रायगन ४५० द्वारा शक्ति प्रदान गरिएको ओपो एथ्रीएसमा एआई ब्यूटी प्रविधि फिचरपनि उपलब्ध गरिएको छ । फोनमा चार्जिङ र डाटा सिंकका लागि यूएसबीका साथै समग्र कनेक्टिभिटी अप्सन्सपनि उपलब्ध हुनेछ ।
‘डुअल क्यामेरा सेटअप , सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुमा चाहना अनुसार ओपो एथ्रीएस उपलब्ध गराउने तयारी गरिएको हो । फोनमा कम्पनीले विशेषगरी यूवा लक्षित ‘म्यूजिक पार्टी’ फञ्सन पनि उपलब्ध गराएको छ । यो फञ्सनले प्रयोगकर्तालाई स्मार्टफोन हटस्पटको माध्यमबाट जोडेर विना स्पिकर एउटै ट्रयाकको मज्जा लिन सघाउँछ । तर, फन्सनको उपयोगका लागि फोनमा कलरओए ५.१ वा सो भन्दा नयाँ भर्जनको हुनुपर्ने छ ।