‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियानका विजेतालाई टिभीएस जुपिटर ११०सीसी स्कुटर हस्तान्तरण |
काठमाडौँ । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लिले. जगदम्बा मोटर्स ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियानका विजेतालाई टिभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण गरेको छ ।
उक्त अभियानको अन्त्यमा जगदम्बा मोटर्स् प्रा.लि.का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले विजेता बुटवलकी सुमित्रा न्योपानेलाई टिभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण गरेका हुन् ।
सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट, एपीएसी राकुटेन भाइवरलले टिभीएससँगको साझेदारी निकै अद्भुत रहयो र हरेक अभियानसँगै हामी हाम्रा नेपाली प्रयोगकर्तालाई हर्ष र मुल्य प्रदान गरिरहेको बताए ।
जगदम्बा मोटर्स प्रा. लि. का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले हाम्रा ग्राहकहरुलाई डिजिटल्ली संलग्न गराउन र उनीहरुको जीवनमा रमाईलो र उत्साह थप्नका लागि हाम्रो ब्राण्डसँग सहकार्य गरेकोमा हामी राकुटेन भाइवरप्रति आभारी भएको बताए ।