कारोबार समय बढाउने विषयमा बोर्डले नेप्सेसँग राय माग्यो |
काठमाडौं । शेयर कारोबार हुने समय बढाउनका लागि धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जसँग राय माग गरेको छ । बोर्डले हाल भईरहेको कारोबार समयमा एक घण्टा बढाउँदा बजारमा पर्न सक्ने प्रभावको बारेमा नेप्सेसँग राय मागेको हो ।
यस विषयमा नेप्सेले व्यवस्थापन र सञ्चालक समितिमा छलफल गरेपछि मात्र बोर्डलाई राय सुझाव दिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
बोर्डले कारोबार अवधि बढाउने विषयलाई आफ्नो वार्षिक नीति तथा कार्याक्रमा नै समेटेको छ । सोही अनुरुप बोर्डले नेप्सेसँग राय माग गरेको हो ।