न्यूरोडमा ओम डेभलपमेण्ट बैंकको शाखा |
काठमाडौं (आपास) । ओम डेभलपमेण्ट बैंकले काठमाडौंकोे न्यूरोडमा नयाँ शाखा सञ्चालन गरेको छ । बुधवार आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकले नेपाल आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्रीसमेत प्रदान गरेको थियो ।
शाखा उद्घाटनका अवसरमा बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले बैंकले प्रदान गर्ने सेवासुविधा तथा बैंकको अवस्थाबारे जानकारी गराएका थिए । हाल बैंकले ५३ शाखा, एउटा एक्सटेन्शन काउन्टर, एउटा शाखारहित बैङ्किङ सेवा र १६ ओटा एटीएम काउण्टरबाट आधुनिक बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।
न्यूरोड शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।