व्यापार घाटा घट्यो |
काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष व्यापार घाटामा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार व्यापार घाटामा यो अर्थिक वर्षमा गत वर्ष भन्दा ५.३३ प्रतिशतले गिरावट आएको हो ।
गत आर्थिक वर्षको पहिलो ७ महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड ८४ लाख १९ हजारको आयात हुँदा ५३ अर्ब ७ करोड ८७ लाख ५६ हजारको मात्र निर्यात भएको थियो ।
यो वर्षको सोही अवधीमा आयात घट्नुको साथै निर्यात समेत बढेको छ । चालू आर्थिक वर्षमा ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख १३ हजारको आयात हुँदा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजारको निर्यात भएको छ ।