हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलको २१ करोड बक्यौंता तिर्यो, अब चार करोड रुपैयाँ बाँकी |
काठमाडौं। हिमालय एयरलाइन्सको सेयर तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले किनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ करोड बक्यौता तिरेको छ।
कम्पनीको ४९ प्रतिशत सेयर तिब्बत एभिएसनले केही महिना अघि किनेको थियो। तिब्बत एयरलाइन्सको सेयर उसले किनेको हो। हिमालयमा यति वर्ल्ड इन्भेष्टमेन्टको ५१ प्रतिशत सेयर छ।
कम्पनीले २५ करोड रुपैयाँ विमानस्थलको विभिन्न शुल्क बुझाउन बाँकी थियो। कम्पनीले चार करोड रुपैयाँ जुन भित्र बुझाउने प्रतिवद्धता सहितको पत्राचार गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वित्तिय निर्देशक गोविन्दप्रसाद दाहालले जानकारी दिए।
'असारसम्म हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सेवा शुल्क वापत २५ करोड रुपैयाँ वक्यौता बुझाउन थियो। कम्पनीले हाल सम्म २१ करोड रुपैयाँ बुझाइसकेको छ। बाँकी रकम चार महिनाको अवधिमा बुझाउने जानकारी दिएको छ।' वित्तिय निर्देशक दाहालले बिजमाण्डूसँग भने।
पाँच वर्ष अगाडि स्थापना भएको हिमालयले तीनवटा एयरबस ३२०-२१४ जहाजमार्फत आबुधाबी, ढाका, दोहा, बेइजिङ, क्वालालाम्पुर, चोङचीङ लगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तब्यमा नियमित र चार्टर उडान गर्दै आएको छ।