आईएमई लाइफ इन्स्योरेन्सको विक्री प्रबन्धकमा सिभिल क्यापिटल |
काठमाडौं (आपास) । आईएमई लाइफ इन्स्योरेन्सको शेयर विक्रीे प्रबन्धकमा सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । योसँगै आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ६० लाख कित्ता साधारण शेयरको निष्कासन तथा विक्री प्रबन्धकसम्बन्धी कार्य सिभिल क्यापिटलबाट हुनेछ ।
आईएमई लाइफका निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटलका निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले शेयर निष्कासन तथा विक्री प्रबन्धसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । साधारण शेयर निष्कासनपश्चात् कम्पनीको चूक्तापूँजी २ अर्ब रुपैयाँ कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहनेछ ।