भ्यालेन्टाइन डेमा मोबैंक प्रयोगकर्तालाई सोल्टीमा निःशुल्क डिनर दिँदै एनआइसी बैंक |
काठमाडौं । एनआईसी एशिया बैंकले भ्यालेन्टाइन डेलाई लक्षित गरी आफ्ना मोबाइल बैंकिङ एप मोबैंकमार्फत कारोबार गर्ने ग्राहकहरूलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ ।
यो योजनाअन्तर्गत ११ फेब्रुअरीदेखि १३ फेब्रुअरी अर्थात् माघ २८, २९ र ३० गतेसम्म एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप ‘मोबैंक’मार्फत कारोबार गर्ने २० भाग्यमानी ग्राहक महानुभावहरुले आफ्ना प्रेमी–प्रेमिका तथा जीवनसाथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउनेछन् ।
यस बैंकको मोबाइल बैंकिङ एप मोबैंकमार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुलीको बिल भुक्तानी, मोबाइल टपअपलगायतका सेवाहरूमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ ।
तर यसमा ईसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने जनाएको छ । बैंकका अनुसार यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा विजेता ग्राहकहरुलाई फोनमार्फत जानकारी दिइनेछ । डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनेछन् ।
बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ प्रति लालायित गर्ने र नगदभन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ । साथै बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न क्यास व्याक अफर नियमित रुपमा दिइरहेको छ ।