दुई विकास बैंक ६३ लाख कित्ता बोनस शेयर बजारमा आउँदै |
काठमाडौं । बजारमा कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंकका लाखौं कित्ता बोनस शेयर आउने भएका छन् । दुवै बैंकले हिजो आइतबार एकैदिन कुल ६३ लाख ८ हजार ६ सय १८ कित्ता बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको हो ।
सो शेयरमध्ये सबैभन्दा बढी कैलाश विकास बैंकको रहेको छ । यसो बैंकका मात्र ४० लाख ३३ हजार १८ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो । त्यस्तै, महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६०० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।