सनराइजले गर्यो स्वास्थ्य बीमाको भुक्तानी |
काठमाडौं (आपास) । सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैंकले ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गतको रकम भुक्तानी गरेको हो । बैंकको न्यूरोड शाखाका ग्राहक अम्बिकामैया श्रेष्ठको उपचारका क्रममा लागेको खर्चबापतको ४ हजार २ सय १६ रुपैयाँबराबरको रकम बैंकका वरिष्ठ प्रबन्धक प्रितमलाल श्रेष्ठले उनलाई प्रदान गरेका हुन् ।
बैंकले बीमाअन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आप्mनो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ, सो रकम प्रदान गर्दै आएको छ ।