मेगा र रिलायबल लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सम्झौता |
काठमाडौं । मेगा बैङ्क र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्सबीच सोमवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
मेगा बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैङ्कका ग्राहकले रिलायल लाइफ इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सबै सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताइएको छ ।