विश्वकपको अवसरमा हाइसेन्सको नयाँ योजना |
काठमाडौं (आपास) । नेपालका लागि हाइसेन्स ब्राण्डको आधिकारिक वितरक नवीन डिष्ट्रिब्युटर्सले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले विश्वकप २०१८ को अवसर पारेर ‘हाइसेन्स भाइबर स्टिकर्स फर वल्र्डकप २०१८’ योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार हाइसेन्स भाइबर स्टिकरले ग्राहकलाई थप रोमाञ्चकता प्रदान गर्नेछ । हाइसेन्स भाइबर स्टिकर डाउनलोड गर्ने ग्राहकले हरेक हप्ता एलईडी टीभी र बम्पर पुरस्कारमा स्मार्ट टीभीसँगै आकर्षक हाइसेन्स गुडिज प्राप्त गर्नेछन् ।