रोयल इन्फिल्डको मोटरसाइल -याली |
काठमाडौं (आपास) । एमभी दुगड ग्रूपअन्तर्गत विवेक अटोमोबाइल्स कम्पनीले शनिवार ‘युथ इम्पावरमेण्ट थ्रु मोटरसाइकल स्पोर्ट्स’ कार्यक्रम सम्पन्न गरेको छ । रोयल एनफिल्ड मोटरसाइलको विक्रेता विवेक अटोमोबाइल्सले नेपाल ओलम्पिक कमिटीको सहयोगमा रोयल इन्फिल्ड ९बुलेट० मोटरसाइल -याली आयोजना गरेको हो । -यालीको उद्घाटन नेपाल ओलम्पिक कमिटीका प्रेसिडेण्ट तथा सांसद जीवनराम श्रेष्ठले गरेका हुन् ।
४२ जना मोटरसाइकल राइडर सहभागी उक्त -यालीमको उद्देश्य सडक सुरक्षा, ट्राफिक नियमको पालना र जनचेतना, खेलकुदप्रतिको आकर्षण तथा स्वस्थ जीवनशैलीबारे सन्देश दिनु रहेको कम्पनीले बताएको छ । -याली नेपाल ओलम्पिक कमिटीको भवनबाट शुरू भएर पाटन, कुपण्डोल, त्रिपुरेश्वर, वसन्तपुर, टेकु, बल्खु हुँदै झम्सिखेलको स्पोर्ट्स हाइभ एण्ड बारमा पुगेर समापन भएको थियो ।