मेरो माइक्रोफाइनान्सले १ करोडभन्दा बढी खराब कर्जा उठायो |
काठमाडौं । मेरो माइक्रोफाइनान्सले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ८३ लाख ४४ हजार खराब कर्जा उठाएको छ । गत वर्ष यो अवधिमा कम्पनीको खराब कर्जा संकलनको अवस्था शून्य थियो । खराब कर्जा संकलन भएसँगै कम्पनीको खुद ब्याज आम्दानी ६० दशमलव ४५ प्रतिशत बढेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू.१५ करोड ७ लाख ६८ हजार खुद ब्याज आम्दानी भएकोमा यस वर्ष रू. २४ करोड १९ लाख ८ हजार भएको छ ।
कम्पनीको खुद नाफा गत वर्षभन्दा ३२ दशमलव ५५ प्रतिशत बढी छ । यस वर्ष कम्पनीले रू. ८ करोड १९ लाख ९५ हजार खुद नाफा गरेको छ । गत वर्ष यो नाफा रू. ६ करोड १८ लाख ५८ हजार थियो । शतप्रतिशत हकप्रद र बोनस शेयर मार्फत कम्पनीले चुक्तापूँजी रू. ८५ करोड ५१ लाख ४० हजार पु¥याएको छ । गत वर्षभन्दा यस वर्ष १६० प्रतिशतले चुक्तापूँजी बढेको हो । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम पनि ९३ प्रतिशत बढी कायम भएको छ । कम्पनीको जगेडा कोष रकम रू. २६ करोड ८० लाख ७२ हजार कायम भएको हो ।
यस वर्ष निक्षेप संकलन रू. १ अर्ब ४५ करोड ६१ लाख ८० हजार भएको छ भने कर्जा प्रवाह रू. ५ अर्ब १३ करोड १ लाख १५ हजार रहेको छ । निक्षेप संकलन गत वर्षभन्दा ५१ दशमलव ६८ र कर्जा प्रवाह २८ दशमलव ४२ प्रतिशत बढी भएको हो । गत वर्ष यसै अवधिमा १ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ८० प्रतिशतमा झरेको छ । हाल कम्पनीले देशका विभिन्न स्थानहरुमा ११० वटा शाखा कार्यालय मार्फत १ लाखभन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । प्रतिशेयर आम्दानी वार्षिक रू. १९ दशमलव १८ र प्रतिशेयर नेटवर्र्थ रू. १३१ दशमलव ३५ छ ।