सुजुकी स्वीफ्ट मोडलको विक्रीवितरण दाङमा |
घोराही । सुजुकीको तेस्रो संस्करणको स्वीफ्ट मोडलको विक्रीवितरण दाङमा शुरू भएको छ । स्वर्गद्वारी अटो डिष्ट्रिब्यूटर्सले उक्त गाडीको विक्रीवितरण शुरू गरेको हो ।
स्वर्गद्वारी अटो डिष्ट्रिब्यूटर्सका सञ्चालक सङ्कल्प श्रेष्ठका अनुसार सो गाडीमा सिङ्गल एपर्चर फ्रण्ट ग्रील र एलईडी प्रोजेक्टर हेड ल्याम्प रहेको छ । उनले भने, ‘यो मोडलको गाडीमा कट टु–टोन अलओई ≈वील तथा अर्बन स्याटिन क्रोमयुक्त इण्टेरियरसहित एक उत्कृष्ट डिजाइन रहेको छ ।’
यो गाडीले माइलेज पनि राम्रो रहेको उनले बताए । उनका अनुसार यस गाडीले प्रतिलिटर २२ किमी माइलेज दिन्छ । २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा रहेको यस गाडीको ४० मिमी धेरै चौडा र २० मिमी लामो ≈वील बेस रहेको छ । यसको मूल्य प्रारम्भिक अफरसहित २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यो मोडल सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बजारमा ल्याएको हो ।
आइतवारदेखि नै यो गाडी चितवनमा समेत भित्रिएको छ । चितवनका लागि सुजुकीको चारपाङ्ग्रे सवारीसाधनको आधिकारिक विक्रेता जेपी मोटर्स हो ।