प्राइमद्वारा मृत्यु दाबी रकम हस्तान्तरण |
काठमाडौं (आपास) । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शनिवार महेन्द्रनगर शाखाबाट मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित भुवन पन्तको मृत्युदाबीबापतको रकम हस्तान्तरण गरेको हो ।
मृतकका बुबा भवानीदत्त पन्तलाई जीवन बीमा रकम (दुर्घटना लाभसहित) ७३ लाख ६६ हजार ५ सय रुपैयाँको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्तान्तरण गरेका हुन् ।