कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा रू. ६ करोड ५५ लाख |
काठमाडौं । चालू आवको दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा रू. ६ करोड ५५ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले कमाएको नाफाबाट बिभिन्न शिर्षमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो ।
बैंकले चालू आवको दोस्रो त्रैमासमा रू. १४ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. १३ करोड ८१ लाख थियो । बैंकले यस वर्ष शेयरधनीलाई ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
बैंकको चुक्ता पूँजी रू. २ अर्ब ५४ करोड छ भने रिर्जभ कोषमा रू. ५९ करोड ६ लाख छुट्याएको हो । दोस्रो त्रैमाससम्ममा बैंकले रू. २७ अर्ब ४३ करोड निक्षेप संकलन भएको छ भने रू. २३ अर्ब ४८ करोड कर्जा प्रवाह भएको हो । प्रतिशेयर आम्दानी रू. ११ दशमलव ६९, मूल्य आम्दानी अनुपात १२ दशमलव ३१ टाइम्स, तरलता अनुपात १४ दशमलव ७७ र प्रतिशेयर नेटवर्थ रू. १२७ छ ।
२०७६ असार मसान्तसम्ममा ९४ शाखा तथा ४३ वटा एटीएम रहेकोमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० शाखा तथा १५ वटा एटिएम थप गरी ११४ शाखा र ५८ एटिएम बिस्तार गरेको छ ।
शाखा सञ्जाल विस्तारसंगै प्रविधिको स्तरोन्नती, डिजिटाईजेसन, अटोमेशन जस्ता रणनीतिक क्षेत्रमा पर्याप्त लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११.६९ रहेकोमा मूल्य आम्दानी अनुपात १२.३१ रहेको छ ।