महालक्ष्मीको सहयोग मृतक कर्मचारीको परिवारलाई |
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले मृतक कर्मचारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किशोरकुमार बडूको निधन भएकोप्रति दुःख व्यक्त गर्दै ७ लाख रुपैयाँ सहयोग गरेको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहयोग रकम बडूका पिता जनकबहादुर बडूलाई हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा बैङ्क सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले व्यक्तिगत तर्फबाट थप २५ हजार रुपैयाँ सहयोग गरेका थिए । बडूको गत चैत ११ गते मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।