माछापुच्छ्रे क्यापिटललाई मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति |
काठमाडौं । माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटलले मर्चेन्ट बैंकरको कार्य गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड क्यापिटललाई मर्चेन्ट बैंकरको रुपमा कार्य गर्न अनुमति दिएको हो ।
बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति दिएको क्यापिटलले जनाएको छ । चुक्तापूँजी २० करोड रहेको यस क्यापिटलले सो सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराए ।
क्यापिटलले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचुअल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु समेत प्रदान गर्ने उनले बताए ।