एनआईसी एशियाको शाखा सर्लाहीको कबिलासीमा |
काठमाडौैं (अस) । एनआईसी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका–८ मा आफ्नो नयाँ शाखा शाखा सञ्चालन गरेको छ । बैंकले देशका सबै स्थानीय निकायमा सेवा सञ्चालन गर्ने उद्देश्यअनुरुप शाखा विस्तार गरेको बताएको छ । उक्त शाखाको कबिलासी नगरपालिकाका प्रमुख किशोर यादवले उद्घाटन गरेका हुन् ।
बैंकले हालै पर्साको लङ्गडीमा शाखा सञ्चालन गरेको थियो । कबिलासी शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैंकको विश्वास छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पु¥याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैंकको भनाइ छ । योसहित गरी बैङ्कको शाखा सङ्ख्या २ सय २४ पुगेको बैंकले जानकारी दिएको छ ।