सिप्रदी ट्रेडिङकाे ‘टाटा दशैं वम्पर लक्की ड्र’ उपहार घोषणा |
काठमाडौं । टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘दशैं वम्पर लक्की ड्र’को उपहार घोषणा गरेको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहका लागि विभिन्न पुरस्कारहरुसहितको योजना संचालन गरेको थियो ।
कम्पनीले गत शुक्रबार एक कार्यक्रमकाबीच विभिन्न मनोरञ्जनात्मक प्रस्तुति सँगै उक्त ‘लक्की ड्र’को उपहार वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
बुटवल, हेटौंडा, इटहरी, नेपालगञ्ज तथा पोखरामा लक्की ड्र को कार्यक्रम पौष २१ गते आयोजना गरिएको थियो ।
देशैभरबाट कुल १ हजार ७ सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्र मा सहभागिता थियो । जसमध्ये ७६ जना ग्राहकहरुले विभिन्न उपहारहरु तथा विदेश भ्रमणको अवसर प्राप्त गरेका छन् ।
कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एलजी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ केजी क्षमताको वासिङ्ग मेसिन प्राप्त गरे। त्यस्तै, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टिभि र ७ जोडीले क्रुसमा घुम्ने अवसर पाएका छन् ।