मुक्तिनाथ विकास बैंकका ग्राहकले नर्भिक अस्पतालमा पाउने भए छूट |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई उपचार सेवामा सहुलियत दिन नर्भिक अस्पतालसँग हालै एक सम्झौता गरेको छ । उक्त सम्झौतापछि मुक्तिनाथका ग्राहक तथा कर्मचारीले नर्भिकमा उपचार गराउँदा छूट पाउने बैंकले जानकारी दिएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र अस्पतालका महाप्रबन्धक प्रदीपकुमार झाले बिहीवार हस्ताक्षर गरेका हुन् । सहमतिसँगै मुक्तिनाथका क्रेडिट तथा डेबिट कार्ड लिएका ग्राहकले अस्पतालले प्रदान गर्ने सेवामा १० प्रतिशत छूट पाउनेछन् ।