इक्यानको अध्यक्षमा सर्वसम्मत पाण्डे, महासचिवमा भुसाल |
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो। पाण्डेको अध्यक्षतामा सभाले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
पाण्डे दोस्रो कार्यकालका लागि निर्वा्चित भएका हुन । उनी यस अघि २०७२ फागुनदेखि २०७४ चैतसम्म अध्यक्ष पदमा रहेर काम गरिसकेका छन । वर्तमान कार्यसमितीको कार्यकाल भने वैशाख सम्म रहेको छ । महासचिवमा दीपकराज भुसाल चयन भएका छन, भुसाल हालको कार्यसमिती सदस्य समेत हुन् ।
त्यस्तै उपाध्यक्षमा देवीदास भट्टराई, शेषराज भट्टराई र कृष्णहरि केसी चयन भएका छन्। सचिवमा बासुदेव दाहाल र बालकृष्ण (बीके) श्रेष्ठ रहेका छन । यस्तै, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्णबहादुर गुरुङ निर्वा्चित भएका छन ।
सदस्यहरुमा सुष्मा आचार्य, आशिक कार्की, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, विकल्पराज पोखरेल, आर्यन उप्रेती, भवनाथ हुमागाईँ, सुवास गौतम र शिवप्रसाद त्रिपाठी निर्वा्चित भएका छन् ।