नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी |
पाँचथर (आपास) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा गरी वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका दुई युवकका आफन्तलाई बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखामा आयोजित कार्यक्रमबीच बीमादाबीबापत स्याबु्रम्वा–६ का किरण घिमिरेका बुबा पारसमणि र आमा लीलादेवीलाई १३ लाख र मौवा–८ निवासी मनोज दाशकी श्रीमती सङ्गीता भण्डारीलाई ६ लाख ९२ हजार ७ सय ४८ रुपैयाँको भुक्तानी गरेको हो । घिमिरेको वैदेशिक रोजगारीका क्रममा गत माघ २० गते कतारमा र दाशको चैत ३० गते मलेशियामा मृत्यु भएको थियो ।