सिटिजन्सका ग्राहकलाई मेडिसिटीमा छूट |
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले ग्राहकलाई उपचारमा सहुलियत दिने उद्देश्यले नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेको छ । उक्त सहकार्यात्मक सम्झौतापछि सिटिजन्सका ग्राहक तथा कर्मचारीले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा छूट प्राप्त गर्न सक्नेछन् । बुधवार सोसम्बन्धी सम्झौतापत्रमा बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरेका हुन् ।
बैङ्कले ग्राहकलाई बैङ्किङ सुविधाका अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता योजना ल्याइरहेको छ । उक्त सहमतिसँगै बैङ्कबाट डेबिट÷क्रेडिट कार्ड लिएका ग्राहक तथा बैङ्कका कर्मचारीले अस्पतालले प्रदान गर्ने सेवामा ७ प्रतिशतसम्म छूट पाउनेछन् ।