सूचना आयोगका प्रमुख आयुक्तद्वारा सपथ ग्रहण |
काठमाडौं । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त गुरुङलाई पद तथा गोपनियताको सपथ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
सोही अवसरमा नव नियुक्त प्रमुख आयुक्त गुरुङले प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त आयुक्तहरू रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई सपथग्रहण गराएका थिए ।