आईएमईको व्यावसायिक यात्रा अब पुस्तकमा |
काठमाडौं (आपास) । आईएमई डिजिटल सोलुशन र यूएनसीडीएफको सहकार्यमा प्रकाशित आईएमईको व्यावसायिक यात्रासम्बन्धी पुस्तक र भिडियो सार्वजनिक भएको छ ।
शुक्रवार आयोजित एक कार्यक्रमबीच गभर्नर डा. चिरञ्जीवी नेपाल, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, यूएनसीडीएफमा क्षेत्रीय प्राविधिक विज्ञ जसप्रित सिंह, आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्तरूपमा उक्त पुस्तक एवम् भिडियो सार्वजनिक गरेका हुन् । ४८ पृष्ठको पुस्तक र ६ मिनेट लामो भिडियोमा आईएमईको १६ वर्षसम्मको व्यावसायिक यात्रा समावेश छ ।