एनआईसी एशियाका ग्राहकलाई फुडमाण्डूमा भारी छुट |
काठमाडौं । फुडमान्डुमा एनआईसी एशिया बैंकका ग्राहकलाई भारी छुट दिने सम्झौता गरेको छ । यस अन्तर्गत अनलाइन फुड फेस्टिभल २०२०मा बैंकको मोबाईल बैकिङ एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन व्यबस्था गरेको हो ।
यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुने बैंकले जनाएको छ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न गर्नुपर्ने छ ।
स बैंकका मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।