जापानले माग्यो केयर गिभरमा एक हजार नेपाली, पुनः परीक्षा सञ्चालन गरिदैं |
काठमाडौं । जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ ।
वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि एक हजार नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका थिए ।
नेपाल र जापान सरकाबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ (एमओसी)बमोजिम नेपालबाट नर्सिङ केयर गिभरका लागि पुनः परीक्षा गर्न लागिएको हो ।