सार्वजनिक यातायात सञ्चालन गर्न कम्पनी दर्ता कसरी गर्ने ? |
काठमाडौं । कम्पनीमा दर्ता गराएर मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । यातायात व्यवस्था विभागले हालै उक्त निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । अब पञ्जीकृत सार्वजनिक सवारीसाधनले मात्रै रुट इजाजत पाउनेछन् । विभागका अनुसार रुट इजाजत र नवीकरणका लागि पञ्जीकृत हुनु अनिवार्य गरिएको छ । पञ्जीकरणका लागि सबैभन्दा पहिले कम्पनीमा दर्ता हुनुपर्दछ । त्यसपछि मात्रै पञ्जीकरण गर्न सकिन्छ ।
कम्पनी दर्ता कसरी हुन्छ
ड्ड कम्पनी रजिष्टारको कार्यालय मार्फत कम्पनी दर्ता गर्नुपर्दंछ ।
ड्ड अहिले अनलाईनबाटै कम्पनी दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
ड्ड अनलाईन दर्ता गर्नका लागि सबैभन्दा पहिले कम्पनी रजिष्टारको वेबसाईट (धधध।यअच।नयख।लउ) मा ‘अनलाईन कम्पनी सर्च’ भन्ने अप्सन रहेको छ । त्यहाँ गएर आफुले राख्न चाहेको नाम लेखेर सर्च गर्नुपर्दछ ।
ड्ड तपाईले राख्न चाहेको कम्पनीको नाम अरु कसैले राखेको छ वा छैन त्यसमा देखाउँछ । यदि राखेको छ भने पाइदैँन । नयाँ नाम जुराउनुपर्दछ ।
ड्ड त्यसपछि एउटा इमेल एकाउन्ट बनाउनुपर्दछ । सोहि वेबसाईटको ‘रिजर्भ कम्पनी नेम’ अप्सनमा जानुपर्दछ । त्यहाँ ‘टु स्टाब्लिस अ न्यू कम्पनी’ मा गएर फर्म भर्नुपर्दछ ।
ड्ड त्यहाँ युजर नेम समेत राखेर फर्म भरेपछि पासवर्ड प्राप्त हुन्छ । त्यसपछि सोहि युजर नेम र पासवर्ड राखेर लग इन गर्नुपर्दछ ।
ड्ड वेबसाईटले दिएको पासवर्ड चेन्ज गरी पुनः लगइन गर्नुपर्दछ । त्यसपछि तपाईले राखेको नाम स्विकृत भएको जानकारी आउँछ । केही नमिले त्यसको जानकारी पनि के भएको हो भन्ने आउँछ ।
ड्ड त्यसपछि प्रबन्धपत्र र नियमावली बनाएर सोही एकाउन्टमार्फत अपलोड गर्नुपर्दछ । प्रबन्धपत्रमा कति जना सञ्चालक रहने लगायतका विवरण तथा नियमावलीमा के के गर्न पाउनेलगायत उल्लेख गरिएको हुन्छ । त्यसमा सञ्चालकले हस्ताक्षर गर्नु पर्छ ।
ड्ड त्यसपछि प्रबन्धपत्र र नियमावलीको दुईप्रति लिएर कम्पनी रजिष्टारको कार्यालयमा स्वयम् जानुपर्छ ।
ड्ड साथमा सबै सञ्चालकको नागरिकताको फोटोकपी समेत लिएर जानु पर्छ । त्यसपछि कम्पनी दर्ता हुन्छ ।
ड्ड कति रकम कारोबार गर्ने कम्पनी दर्ता गर्ने हो सो अनुसारको राजश्व बुझाउनुपर्दछ । १ करोडको कम्पनी दर्ता गर्दा १६ हजार रुपैयाँ तिर्नुपर्दछ । सोभन्दा माथि प्रत्येक एक करोडमा तीन हजार बढ्दै जान्छ ।
ड्ड कम्पनी रजिष्टार कम्पनी मार्फत कम्पनी दर्ता गरेपछि यातायात व्यवस्था विभागमा गएर पञ्जीकरण गर्न सकिन्छ ।
कसरी गर्ने पञ्जीकरण ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९३ ले सार्वजनिक यातायात पञ्जीकरण गर्ने सम्वन्धी व्यवस्था गरेको छ । यातायात व्यवस्था विभाग मार्फत सार्वजनिक सवारीसाधनको पञ्जीकरण गर्न सकिन्छ ।
पञ्जीकरणका लागि आवस्यक पर्ने कागजातहरु
ड्ड यातायात सेवा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र
ड्ड यातायात सेवाको प्रबन्धपत्र र नियमावली
ड्ड प्रोपाइटर,साझेदार वा प्रथम सञ्चालकहरुको नागरिकताको प्रमाणपत्र
ड्ड यातायात सेवाअन्तर्गत रहेको सवारी दर्ताको प्रमाणपत्र, सवारी कर तिरेको निस्सा,जाँचपास, तेस्रो पक्ष विमा र आयकर दर्ता प्रमाणपत्र
ड्ड यातायात सेवा यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्र, आयकर प्रमाणपत्र र कर बुझाएको प्रमाण
ड्ड सेवा पञ्जीकृत गर्ने यातायात सेवा सञ्चालकहरुको नाममा रहेको कम्तीमा पाँचवटा सवारीसाधन हुनुपर्ने छ । अन्य व्यक्ति वा संस्थाको नाममा रहेका सवारीसाधनको भाडाको सम्झौता वा करारनामा गरिएका सवारीसाधन भएको अवस्थामा पञ्जीकृत हुनेछैन ।
ड्ड यातायात सेवा अन्तर्गत काम गर्ने चालक वा परिचालकलाई दिईएको नियमावपलीको अनुसुची ६२ कमोजिमको नियुक्तिको प्रतिलिपी र कमर्चारीहरुको विवरण
ड्ड सेवा पञ्जीकृत गर्दा तोकिए बमोजिमको राजश्व दस्तुर बुझाएको रसिद पेश गर्नुपर्दछ । एक पटक सेवा पञ्जीकृत भैसकेको कम्पनीमा थप सवारी पञ्जीकृत गर्दा लाग्ने शुल्क पुन बुझाउनुपर्ने छ ।
ड्ड कार्यालय रहेको घर जग्गाको लालपुर्जा वा भाडामा लिएको भए सो को सम्झौता समेत पेश गर्नुपर्छ ।