मुक्तिनाथ र प्रभु लाइफबीच बैङ्कासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र प्रभु लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सोसम्बन्धी सहमतिपत्रमा बिहीवार हस्ताक्षर गरेका हुन् ।
सहमतिसँगै बैङ्कका ग्राहकले प्रभु लाइफ इन्स्योरेन्सले प्रदान गर्ने बीमा सेवासम्बन्धी सबै सुविधा बैङ्कका सबै शाखाबाट लिन सकिने बताइएको छ ।