विद्यालयलाई सिटिजन्सको सहयोग |
काठमाडौं (आपास) । ‘योर पार्टनर फर प्रोग्रेस’ नाराका साथ बैङ्किङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैङ्कले बालविनोद माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा बैङ्कले विद्यालयलाई २ लाख रुपैयाँ सहयोगस्वरुप प्रदान गरेको छ । बैङ्कले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विभिन्न संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ ।
बिहीवार बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा बैङ्कका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालयका प्राचार्य माधवप्रसाद खतिवडालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । सो रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारमा प्रयोग गरिने विद्यालयका प्राचार्य खतिवडाले बताए ।