नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेद्वारी |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन् ।
हाल एसोसिएट उपाध्यक्ष रहेका ढकाले वागलुङबाट उम्मेद्वारी घोषणा गरेका हुन् । महासंघको वरिष्ठ उपाध्यक्ष भएपछि संवत्ः अध्यक्ष हुने महासंघको वैधानिक व्यवस्था छ ।
बैंक वित्त, पर्यटन तथा रेमिट्यान्स सेवामा लगानी गरेका ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी स्वभावसक भएको उनको दाबी छ ।
महासंघको वार्षिक साधारणसभा चैतमा हुँदैछ ।