ओखलढुंगाको खिजिदेम्बा विमानस्थलमा परीक्षण उडान |
काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा चण्डेश्वरीमा निर्माण भएको खिजिदेम्बा बिमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थल सञ्चालनका लागि परीक्षण उडान गराएको हो ।
उक्त विमानस्थलमा तारा एयरको जहाजले उडान गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टाराईसहितको टोली परीक्षण उडानमा गएको थियो । उनले उक्त विमानस्थलमा छिट्टै नियमित उडान गर्ने जानकारी गराएका छन् ।
योसँगै ओखरढुंगामा २ विमानस्थल भएका छन्। यसअघि रुम्जाचटार विमानस्थल सञ्चालनमा छ ।
हाल कूल आन्तरिक विमानस्थल ५४ छन् । त्यसमा २७ ओटामा मात्र नियमिति उडान भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
आज उद्घाटन भएको विमानस्थलसँगै ५५ पुगेका छन् भने नियमित उडान नहुने विमानस्थलको संख्या १८ पुगेको छ ।