शेयर संसारले सार्वजनिक गर्यो शेयर खेलाडी सफ्टवेयर |
काठमाडौं । विगत ९ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको तथा पोटर््फोलिया सफ्टवेयर, शेयर तालिम र एसएस प्रो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेको छ ।
अघिल्लो उत्पादन एसएस प्रोको उल्लेखनीय सफलता पछि, शेयर संसार डट कमले शेयर बजारमा एक वेब आधारित सफ्टवेयर शेयर खेलाडीेलाई शेयर बजारको खेल मैदानमा प्रवेश गर्ने निर्णय गरेको छ । यस वेब आधारित गेमिंग प्रणालीको प्रयोगले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बाट लगानीकर्ताहरुलाई वास्तविक समय सापेक्ष कारोबारको डाटा प्रदान गर्दछ । लगानीकर्ताहरुले शेयरखेलाडीको मार्फत भर्चुअल पैसाको साथ शेयर कारोबारको अभ्यास गर्न सक्दछन् । यस सफ्टवेयरमा विभिन्न इभेन्ट संचालन गर्न सकिन्छ साथै तेस्रो पक्षले पनि यसमा विभिन्न इभेन्ट आयोजना गर्न सक्छन् ।
कार्यक्रमहरुमा भाग लिन इच्छुक लगानीकर्ताहरुले शेयर संसार डटकममा प्रवेश गरी, खाता सिर्जना गर्ने र sharekheladi.sharesansar.com मा लगइन गर्नु पर्दछ । यस शेयर खेलादीमा लगानीकर्ताले सूचीकृत विभिन्न इभेन्ट्सहरुमा सहभागी हुन सक्छन साथै आउँदो इभेन्ट्सहरुको सूचना अग्रिम रुपमा पाउन सक्दछन् । प्रारम्भमा रु १० लाख रुपैयाँ लगानीकर्तालाई उपलब्ध हुनेछ । लगानीकर्ताहरुले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबार गरेको जस्तै गरी आदेश प्रविष्ट गर्न सक्नेछन् । खेलाडीहरुले (नेप्से) तथा सूचीकृत कम्पनीहरुको चार्ट विश्लेषण गर्न सक्छन् । उनीहरुको लगानी ईतिहास र लगानी सारांश विश्लेषण गर्न सकिन्छ । ड्यासबोर्डमा प्रत्येक इभेन्टको शीर्ष लगानीकर्ता पनि देखिनेछ ।
शेयर संसारका प्रबन्ध निर्देशक, सन्दिप बिक्रम राणाले भने, “एसएस प्रोको सुरुवात पछि हामीले नेपाली शेयर बजारमा विधार्थी तथा नँया लगानीकर्ताहरुको लागि सफ्टवेयर ल्याउने निर्णय गर्यौँ । शेयर खेलाडी कुनै पनि विधार्थी तथा नँया लगानीकर्ताहरुको लागि डिजाइन गरिएको एक उत्तम सफ्टवेयर हो जसले शून्य जोखिममा नेपाली शेयर बजारको प्रत्क्ष्य अनुभव लिन सकिन्छ ।” उनले भने, “एसएस प्रो र शेयर खेलाडीको संयुक्त प्रयोगले अनुभवी र शुरुआती लगानीकर्ताहरुको लगानी निर्णय गर्ने क्षमता बढाउनेछ । एसएस प्रोले लगानीकर्तालाई उनीहरुको लगानी विश्लेषणमा मार्गदर्शन गर्दछन् जबकि शेयरखेलाडीले उनीहरुको लगानीका निर्णयहरु प्रतिबिम्बित गर्दछन् ।”