बजेट अभावले सरकारी भवन अलपत्र |
म्याग्दी (आपास) । म्याग्दीमा निर्माणाधीन अधिकांश सरकारी भवन बजेट नहुँदा प्रभावित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलसमेत बजेट अभावले अलपत्र परेको छ । पहिलो चरणमा फ्रेम स्ट्रक्चरका लागि आएको बजेटबाट अधिकांश काम भए पनि फिनिसिङका लागि पठाइएको इष्टिमेटअनुसार बजेट प्राप्त नहुँदा समस्या परेको जिल्ला प्राविधिक कार्यालयले जानकारी दिएको छ ।
सभाहललाई पूर्णता दिन थप २ करोड २५ लाख रुपैयाँ बजेट अनुमान गरिएको इञ्जिनीयर रवीन महर्जनले बताए । बजेट स्वीकृत भए पनि रकम प्राप्त नहुँदा योजना अलपत्र छ ।