साविक पूर्णिमा र भार्गवका शेयरधनीहरुको डिम्याट खातामा शाइन रेसुङ्गाको शेयर |
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साविक पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीहरुको हितग्राही खातामा बैंकको शेयर जम्मा गरेको छ ।
बैंकले मंसिर ६ गतेसम्ममा पूर्णिमा र भार्गवको अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा सो शेयर जम्मा गरेको हो ।
शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्त गरी गत असोज २७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । शाइनले दुबै बैंकलाई १०० बराबर ९५ शेयर स्वाप अनुपातमा प्राप्त गरेको थियो ।
मंसिर ६ गतेसम्म शेयर अभौतिकीकरण नगराएका पूर्णिमा र भार्गवका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकीकरण गराई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।