सिद्धार्थ र संसार रेमिटबीच सहकार्य |
काठमाडौं (आपास) । सिद्घार्थ बैङ्क र संसार रेमिटबीच रेमिट्यान्स भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । बैङ्क र रेमिट कम्पनीबीच बुधवार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र रेमिटका अध्यक्ष चन्द्रकान्त आचार्यले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै संसार रेमिटमार्फत कोरिया, जापान तथा यूरोपका विभिन्न देशबाट पठाएको रकम सिद्धार्थ बैङ्कका देशभरका शाखामार्फत भुक्तानी लिन सिकनेछ ।