बेलायतले पठायो पहिलो महिला राजदूत |
काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेकी छन् ।
नेपाल र बेलायतबीच दुई सय वर्षअघि दौत्य सम्बन्ध स्थापना भएको थियो । दुई सय वर्षको अवधिमा बेलायतबाट राजदूत बनेर नेपाल आएकी निकोला पहिलो महिला हुन् ।
निकोला सन् २०१७ देखि ०१८ सम्म पूर्वी युरोप र मध्यएसिया निर्देशनालयमा अतिरिक्त निर्देशक थिइन् । त्यसअघि उनी सोमालिया कन्फ्रेरेन्सकी संयोजक थिइन् । सन् २०१४ देखि २०१६ सम्म उनले बेलायती प्रधानमन्त्रीको सहायक निजी सचिवका रूपमा काम गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि निकोलाले नेपालीमै ट्वीट गरेकी छन् । उनले लेखेकी छन्, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पाएकोमा अत्यन्त हर्षीत छु । दुई सय बर्षको कूटनीतिक सम्बन्धमा नेपालका लाग िपहिलो बेलायती महिला राजदूत हुन पाएकोमा गर्व महशुस गरेको छु ।’
अमेरिका र उत्तरी छिमेकी चीनले यसअघि नै नेपालमा महिला राजदूत पठाइसकेका छन् ।