नेपालका जगन चापागाईं बने अन्तरराष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख |
काठमाडौं । नेपालका जगन चापागाईं अन्तर्रा्ष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख अर्थात् महासचिव चयन भएका छन् । १९० मुलुकमा कार्यरत रेडक्रसको यस तहमा पुग्ने उनी पहिलो नेपाली हुन् ।
जेनेभामा मंगलबार बसेको महासंघको कार्यकारी निकायले चापागाईंलाई महासचिव पदमा चयन गरेको हो ।
इन्जिनियरिङको पढाइ गरेका जगन चितवनका बासिन्दा हुन् । चापागाईंलाई महासचिवमा चयन गरेपछि रेडक्रसले उनको २५ वर्ष लामो अनुभवको फाइदा आफूहरूलाई हुने बताएको छ ।
चापागाईंले रेडक्रसको थुप्रै उपल्लो निकायमा काम गरिसकेका छन् ।
रेडक्रस अन्तरगत रहेर उनले एसिया(प्यासेफिकको क्षेत्रिय निर्देशक तथा महासचिवको कार्यालयमा अन्डर सेक्रेटरी जनरल र कर्मचारी प्रमुखका रूपमा समेत काम गरिसकेका छन्। महासचिब पदमा चापागाईं खुल्ला प्रतिष्पर्धाबाट छनौट भएका हुन् ।